२१ कार्तिक २०८३, शनिबार

नेपालगन्जमा उम्मेदवारहरूले दिए रमजानको शुभकामना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १२ असार १२ गते । नेपालगन्जको ईदगाहमा सोमबार ईदको नमाज पढ्नका लागि हजारौं मुस्लिम समुदाय जम्मा भएका छन् ।

मुस्लिम समुदाय ईदको नमाज पढिरहदा बाहिर भने उम्मेदवारहरू शुभकामना साटासाटमा व्यस्त भएका थिए ।

नेपालगन्जको इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिमहरुलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरे ।

ईदगाहमा मुस्लिम समुदायलाई ईदको शुभकामना दिनका लागि अधिकाँश राजनीतिक दलबाट नेपालगन्ज उपमहानगररपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु ईदगाहमा पुगेका थिए ।

नेपालगन्जमा ६२ हजार ३९८ मतदाता मध्ये करिब एक तिहाई मुस्लिम मतदाता भएका कारण अधिकाँश राजनीतिक दल र उम्मेदवारको ध्यान मुस्लिम मतदातामा केन्द्रित रहेको छ ।

ईदको सुरुवात एक महिना अघिदेखि नै उम्मेदवारहरु ईदको रोजाका कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

मुस्लिम अगुवा मोहम्मद हारुनले सामाजिक सद्भावको कामना गर्दै इद मनाएको बताउनुभयो ।

हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीपछि त्यसको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना शुरु हुने गर्दछ ।

रमजानको महिनामा इस्लाम धर्माव्लम्वीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुंदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् । रमजान महिनाको अन्तिम दिन ईद पर्दछ ।

यस महिनामा मुस्लिम्हरुले आफनो रकमको ढाई प्रतिशत गरीबहरुलाई जकात समेत दिने गरेका छन् । साढे ७ तोला सुन वा साढे ५२ तोला चा“दी वा त्यस बराबर नगद रकम भएको व्यक्तिले अनिवार्य रुपमै जकात दिनुपर्ने मुस्लिम अगुवा हारुनले जानकारी दिनुभयो ।