१५ कार्तिक २०८३, आइतबार

भारतको समर्थन खोज्न परराष्ट्रमन्त्री महरा दिल्ली जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ असार । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

भारतसँगको कुटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मन्त्री महरा अहिले रोल्पामा छन् । बुधबारको निर्वाचन पछि यही साता दिल्लीको तयारीका लागि काठमाडौं फर्कने छन ।