
काठमाडौं, १२ असार । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरूले अनावश्यक दबाब दिएका छन् ।
नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तर, व्यवसायीहरूले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुगाउनुपर्ने मागसहित दबाब दिएका छन् ।












प्रतिक्रिया