२१ कार्तिक २०८३, शनिबार

गोठ छाना छोएको निउमा २ हजार जरिवाना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ असार । छाना छोएको निउमा काँडाका प्रेम विकलाई २ हजार जरिवाना गरिएको छ । नेकपा एमालेको प्रचारमा गईरहेको बेला गोरु बाँध्ने छाना नजिकैको बाटो प्रयोग गर्दा अछुत भएको भन्दै स्थानीय खडक सिंहले २ हजार जरिवाना गरेका हुन् ।

दलितले गाई गोरु बाध्ने गोठछाना छुनु हुँदैन, चोखो बनाउन, पूजा पाठ गर्न भन्दै जरिवाना लिएको पीडित विकले बताए । एमालेले दलितलाई जबरजस्त चोख्याएका हुन्, दलितले आफ्नै हैसियतमा बस्नु पर्छ, भनेर धम्की दिए, बाध्य भएर २ हजार तिर्नु परेको पीडित विकले गुनासो गरे ।

छेडेदह गाउँपालिका एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलले उक्त रकम दिएर तिरेको प्रेम विकको भनाई छ । विभेद पहिले देखि नै गर्ने गरेका थिए, डुम भनेर बोलाउने ठकुरीको पारा थियो, तर यो पटक एमालेको चुुनावमा गएको भन्दै रकम नै तिराएको हो, प्रेम विकले भने ।

विक रावलकै नेतृत्वमा रहेको टोलीमा सहभागि थिए । स्थानीय खडक सिंह र निजतका छोरा राजेन्द्र सिंह सहीतका व्यक्तिहरुको मिलोमतोमा एमाले डुम पार्टी भएको भन्दै सार्वजनिक गाली पछि सहमितका लागि नगर रकम समेत जरिवाना तिर्नु परेको बताईएको छ । राजेन्द्र सिंह भुसंरक्षण कार्यालय बाजुरामा प्राविधिक पदमा साविक काँडामा कार्यरत छन् ।

विभेद गरेको भन्दै उजुरी

काँडामा दलित माथि भएको विभेद र सार्वजनिक अपमानको विरोध गर्दै दोषि माथि कानुनी कारवाहीको माग गर्दै दलित विकास मञ्च बाजुराले जिल्ला प्रशासन कार्यालय र मानव अधिकारवादी संस्थामा लिखित उजुरी दिएको छन् ।

मानव भएरु बाँच्न पाउने अधिकारको ग्यारेन्टी सहीत सार्जजनिक रुपमा अपमान र गाली बेइज्जती गर्ने र विभेद गर्ने खडक सिंह लगायतका दोषी माथि आवश्यक छानवीन सहीत मञ्चले कारवाहीका लागि माग गरेको छ ।

जातिय विभेद तथा कसुर सजाए ऐन विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको मञ्चका सचिव शंकर चदाराले बताए । उजुरीमा कानुनी दायरामा ल्याउन माग गरिएको छ । दलित अधिकार कर्मीले पनि कारवाही हुनु पर्ने माग गरेका छन् ।

दलित अगुवा एवं काँग्रेस नेता पदम नेपालीले घटनाको आवश्यक छानवीन सहीत दोषिलाई कारवाही गर्न माग गरे । दलित अगुवा एवं चर्चित गायक तथा संगीत कार विनोद बाजुरालीले पनि सवाललाई राष्ट्रियकरण गर्दै राज्यको ध्यान केन्द्रीत गराउन पहल गर्ने बताए ।

दलित अगुवालले न्यायका लागि दलित आयोगमा समेत उजुरी दिने तयारी गरेका छन् । स्वयम प्रेम विक समेत जिल्ला सदरमुकाम मार्तडी पुुगेको न्यायका लागि अनुरोध गरिरहेका छन् । सधै सहेर बस्दा अपमान मात्र नभर्य अन्याय भयो, विकले बताए । जिल्लाका अधिकांश दलित समुदायले अझै स्वतन्त्र र आफू खुसी मतदानको उपयोग समेत गर्न पाएका छैनन् ।