
काठमाडौं, ११ असार । उब्जेकिस्तानमा हुने तेस्रो एसिया आइटिएफ तेक्वान्दो कपका लागि खेलाडी छनोट गरिएको छ ।
आइटिएफ तेक्वान्दो फेडरेसन नेपालको आयोजनामा शनिबार भएको एक दिने छनोटमा कुल ६ खेलाडी छनोट गरिएको हो ।
बालाजुस्थीत माच्छापोखरीमा भएको छनोटमा पुरुषतर्फ ४ र महिलामा २ खेलाडी रहेका छन् । टोलीको प्रशिक्षकमा सिताराम दराई रहेका छन् ।
एसिय कपमा नेपालको तर्फबाट तीन निर्णायकमा विश्व श्रेष्ठ (जुरि),शेर बहादुर थापा(रेफ्री) र अन्जना सिवाकोटी(रेफ्री)को सहभागीता रहनेछ । उब्जेकिस्तानको तास्कनमा आगामी अगस्ट १९ र २० मा एसियन कपको आयोजना हुँदैछ ।
बालाजुको मसल मेनिया आइटिएफ तेक्वान्दो क्लबको आयोजनामा शनिबार नै एकदिने टेक्निकल सेमीनार सम्पन्न भएको छ । ब्लाक बेल्ट सेमीनारमा कुल ३०खेलाडीको सहभागीता रहेको थियो ।
उनीहरुलाई अन्तर्राष्ट्रिय रेफ्री छटौँ डान चेतनराज गीरी र पाँचौँ डान विश्व श्रेष्ठले प्रशिक्षण गराएका थिए । उक्त सेमीनारमा पहिले डानभन्दा माथी खेलाडीको सहभागीता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य यम कुमारी गुरुङ्ग(अस्मीता) लगायतको उपस्थीती रहेको थियो ।















प्रतिक्रिया