३१ आश्विन २०८३, शनिबार

सिम्रौनगढ पुगेर प्रचण्डले भने–सिंहदरवारको अन्धो र बहिरो शासकलाई भत्काउनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaवीरगञ्ज, ३ कात्तिक। एमाओवादीका अध्यक्ष ठाउँ अनुसारको भाषण गर्न खप्पिस मानिन्छन् । उनको यो पुरानै  शैली हो ।

सोमबार सिम्रौनगढमा पुगेका प्रचण्डले हिन्दीमा भाषण शुरु गरेर मधेसवादी जनताको मन जित्ने प्रयास गरे ।

प्रहरीको गोलीबाट मारिएका जयनारायण पटेलको सम्झनामा आयोजना गरिएको श्रद्धान्जली सभामा भाग लिन  सिम्रौनगढ पुगेका उनले  मधेसी, आदिवासी र माओवादी मिले नेपाल आफ्नो हातबाट बाहिर नजाने समेत दाबी गरे ।

दिल्लीले मधेसीको कुरा मात्र नसुन्ने भन्दै माओवादी र मधेसी एक भएर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

हिन्दी भाषामा सम्बोधन सुरु गरेका प्रचण्डले मधेसी, आदिवासी जनजाति, दलित र माओवादी एक भए दुनियाँको कुनै पनि तागतले हराउन नसक्ने समेत दाबी गरे ।

उनले सम्वोधनकै क्रममा कांग्रेस र एमाले सरकारलाई ‘अन्धो र बहिरो’ को समेत संज्ञा दिन भ्याए ।

उनले काठमाडौंले सिम्रौनगढको वीरता र वैभावलाई मान्यता नदिएको भन्दै नयाँ आन्दोलन गरेर सिंहदरवारको अन्धो र बहिरो शासकलाई भत्काउन आग्रह गरे ।

प्रचण्डले भाषणकै क्रममा आफु पहाडे, बाहुन र कम्युनिष्ट भएको भन्दै मधेसका जनताको साथ आफुले नछोड्ने दाबी समेत गरे ।