१ कार्तिक २०८३, आइतबार

‘सुशील दाईको जिल्लामा कांग्रेसलाई हराउने तागत कोहीसंग छैन्’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १० असार । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाँके पश्चिम नेपालको महत्वपूर्ण ठाउँ भएको भन्दै नेपाली कांग्रेसलाई जिताउन आह्वान गर्नुभएको छ । “यो काठमाडौ र विराटनगरपछिको ऐतिहासिक सहर हो, त्यसैले यहाँ कांग्रेसले कुनै पनि हालतमा हार्नुहुन्न,” नेता पौडेलले भन्नुभयो ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुशील कोइरालाको ठाउँ नेपालगञ्जमा प्रतिष्ठाको लडाईं भएकाले पार्टीले कसरी चुनाव जित्न सकिन्छ, कस्तो उम्मेदवारलाई अघि सार्दा सफल हुन सकिन्छ भन्ने कुराको आंकलन गरेर नै मेयरमा डा. सुरेश कुमार कनोडियालाई उम्मेदवार बनाएको बताउनुभयो ।

“पुराना साथीहरुले देखाउनुभएको उदारता, पार्टीप्रतिको निष्ठा, योगदानको उच्च मूल्यांकन हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस्, पार्टीलाई जिताउन लाग्नुहोस्,” नेता पौडेलले भन्नुभयो । ‘यो चुनाव कांग्रेसका लागि अग्निपरिक्षा हो, कांग्रेस हारे देश हार्छ, त्यसैले जिम्मेवार भएर लाग्नुहोस्,’ उहाँले भन्नुभयो, “शान्ति र संविधान स्थापित गरेको कांग्रेसले अब समृद्धिको अभियान थाल्दैछ, त्यसलाई सार्थक बनाउन पनि कांग्रेसले जित्नैपर्छ ।”

‘सुशील कोइरालाको स्वर्गाराहणपछि बाँके कांग्रेस आत्तिनुपर्दैन, सिंगो पार्टी नै तपाईंहरुको अभिभावक हो, सुशीलजीको सपना पूरा गर्न पनि यहाँ कांग्रेसले हार्न हुन्न, कांग्रेसले हारे यहाँको विकास र समृद्धि रोकिन्छ,’ नेता पौडेलको भनाई थियो । उहाँले बाँकेका ८ वटै स्थानीय तहमा चार तारा झण्डा फर्फराउनुपर्यो भन्दै त्यसका लागि सबैलाई एक ढिक्का भएर चुनावी मोर्चामा होमिन आह्वान गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै बाँके जिल्लाका लागि खटाइएका केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य हृदयराम थानीले कांग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गर्नुभयो । ‘हामी सबै एकजुट भएर लागौं, सुशील दाईको जिल्लामा कांग्रेसलाई हराउने तागत कोहीसंग छैन, हामी अवश्य सफल हुन्छौं,’ थानीले भन्नुभयो ।