२१ कार्तिक २०८३, शनिबार

‘राज्यले व्यवस्था गरेको महिलाको अधिकार कांग्रेसले खोस्यो’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), १० असार । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिलालाई अनिवार्य प्राथमिकता दिनुपर्ने कानुनी व्यवस्थालाई नेपाली कांग्रेसले खोसेको महिलाहरुको गुनासो छ ।

शिवराज नगरपालिकाको उपप्रमुख पदमा टिकट पाउने आश्वासन पाएकी गोमादेवी पाण्डेयले कांग्रेसले महिलाको अधिकार हनन् गरेको पत्रकारसँग गुनासो गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा सरकारले ४० प्रतिशत महिलालाई सहभागिताको अधिकार दिने प्रावधान रहे पनि कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेसले समावेशिता लागू नगरेको पाइएको हो । नगरपालिका र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा महिलाको अनिवार्य उम्मेदवारी गराउनुपर्ने बाध्यकारी ब्यवस्था सरकारले अघि सारेको छ ।

समृद्ध समाजको खोक्रो नारा बोक्ने नेपाली कांग्रेसका प्रमुखहरुको द्वेचरित्रप्रति आफू निकै दुःखी भएको पाण्डेयले गुनासो गर्नुभयो । नेपाली कांग्रेसले आफूलाई पहिलो नम्बरमा राखेपनि पार्टीका प्रमुखहरुले चलखेल गरी पाएको अवसरबाट पनि बन्चित गरेको पाण्डेयले दुखेसो पोख्नुभयो । नेपाली कांग्रेसले आफ्नो अधिकार खोसेपनि आगामी दिनमा कुनैपनि महिलामाथि पार्टीले गलत नगरोस् भनी आगामी दिनमा सुधार गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । पार्टीको नीति, कार्यक्रम राम्रो भएपनि नेतृत्व गर्ने व्यक्तिको मानसिकता ठीक नहुँदा पार्टीले बदनामी खेप्नुपरेको उहाँले बताउनुभयो ।

शिवराज नगरपालिकामा कांग्रेसले उपमेयर पदका दुई दाबेदार महिला नेतृलाई अन्तिम चरणसम्म आश्वासन दिंदै आएको पाण्डेयले बताउनुभयो । तर अन्त्यमा महिलाको सहभागिता नगराइएको भन्ने कुरा बाहिर आउने डरले उपमेयरमा महिलालाई उपेक्षा गरी नेपाली कांग्रेस निकट कै स्वतन्त्रबाट उपमेयर पदमा उठेका पुरुष उम्मेदवारसँग तालमेल गरेको नाटक गरी समग्र महिलाको आँखामा छारो हालेको पाण्डेले आरोप लगाउनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका १, कलौनीडाँडा बस्ने गोमादेवी पाण्डेय नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुनुहुन्छ । उहाँ निर्वाचन क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि पनि हुन् । लामो समयदेखि पार्टीभित्र रही पार्टीका हरेक गतिविधिमा क्रियाशिल भई काम गर्दै आउनुभएकी पाण्डेयले पार्टीभित्र ठूलो चलखेल भएको आरोप लगाउनुभयो । महिलाको हक अधिकारबाट बन्चित गरी नेपाली कांग्रेसले आफ्नो वास्तविक औकात देखाएको समेत उहाँले आरोप लगाउनुभयो ।

यता नेपाली कांग्रेसबाट उपमेयरको आश्वासन पाउनुभएकी रीता पौडेलले पार्टीले घात गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । नेपाली कांग्रेसले सोझासाझा महिलालाई आश्वासन देखाई ठूलो षडयन्त्र रचेको उहाँले आरोप लगाउनुभयो । लामो समयदेखि नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहनुभएकी शिवराज नगरपालिका ५ बस्ने रीता पौडेलले महिलाको हक अधिकार खोसेर नेपाली कांग्रेसले ठूलो गल्ती गरेको आरोप लगाउनुभयो । स्वतन्त्रको नाममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य तथा जिल्ला अनुशासन समिति सदस्य रहेका हरिप्रसाद पोख्रेललाई उपमेयरमा उम्मेदवारी दर्ता गराएको रीताले बताउनुभयो । अनुशासन सदस्यले नै अनुशासन उलंघन गरी महिलालाई न्यायपालिका जस्तो गरिमामय उपमेयरको पदबाट बन्चितीकरण गरेको पौडेलले गुनासो पोख्नुभयो । पार्टी नेतृत्वले आर्थिक चलखेलमा सक्षम नेतृत्वका महिलालाई समेत अधिकारबाट बन्चित गरेको पौडेलको आरोप छ ।