२१ कार्तिक २०८३, शनिबार

‘दोस्रो चरणको चुनावमा मतपत्र च्यात्नेलाई युवा संघले नाङ्गेझार पार्ने’

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । युवा संघ नेपालले भरतपुरमा जस्तो मतपत्र च्यात्ने काम दोस्रो चरणमा भए निर्वाचन बिरोधी तत्वलाई कठालो समातेर जनताको बीचमा नाङ्गेझार बनाउने चेतावनी दिएको छ ।

मोरङको सुन्दर दुलारी ४ मा आयोजित बृहत चुनाबी सभालाई सम्बोधन गर्दै युवा संघका सचिवालय सदस्य सञ्जीव रोकाहाले  कांग्रेस माओवादी गठबन्धन अप्राकृतिक मात्र नभै एमालेलाई रोक्न विदेशी डिजाइनमा बनेको आरोप लगाए ।

एमाले नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव रहेको कुरा बिगतमा हामीले नेतृत्व गरेको सरकारबाट पुष्टि भइसकेको उनको भनाई छ । नेता रोकाहाले सूर्य चिन्हमा मतदान गरेर अहिले एमाले जिताउन नसके भविष्यमा पछुताउनुपर्ने तर्क समेत गरे ।

कार्यक्रममा एमाले मोरङका नेता राजकुमार ओझाले एमालेले सुन्दर हरैचामा बिजयी पाइसकेको दाबी गर्दै असार १४ लाई कुरेर मात्र बसेको बताए । कार्यक्रममा मेयर उमेद्वार केदार गुरागाई र उपमेयर उमेद्वार धना तामाङले संक्षिप्त मन्तब्य राखेका थिए ।