सिड्नी । प्रवासी नेपालीहरूको संगठन एनआरएन, अष्ट्रेलियाको नेतृत्वका लागि चार जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय समितिमा तीन दर्जन भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।
एनआरएन अष्ट्रेलियाको निर्वाचन यही जुलाई ८ तारिखमा हुँदैछ । निर्वाचनले केन्द्रीय समितिका साथै बिभिन्न ८ राज्यहरुमा अलग अलग समिति समेत चयन गर्नेछ ।
अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजकमा कुनैपनि महिलाको उम्मेदवारी परेको छैन भने उपाध्यक्षका लागि जम्मा एकजना महिलाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अभिमानसिंह बस्नेत, महासचिव टोनु घोताने, स्वतन्त्र प्रताप शाह र डा महेश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिले उपलब्ध गराएको जानकारी अनुसार अष्ट्रेलियाका आठ वटै राज्यमा रहेका समितिहरुको नेतृत्वका लागि समेत उम्मेदपारी दर्ता गरिएको छ ।
महासचिव पदका लागि डा ज्ञानेन्द्र रेग्मी, राजु मानन्धर, नारायण कोइराला र राजन सिटौलाले उम्मेदवारी दिएका छन् भने सचिव पदका लागि देव बहादुर गुरुङ, डीला खरेल र बिकास केसीले दाबी प्रस्तुत गरेका छन् ।
कोषाध्यक्षका लागि अच्युत शर्मा थपलिया, अनिल पोखरेल र कुशल केसीले उम्मेदवारी दिएका छन् । महिला फोकल पोइन्टमा प्रतिज्ञा अधिकारी र युवा संयोजकमा धर्मराज अधिकारी र कोमलराज पाठकले आफ्नो नाम दर्ता गराएको समितिका संयोजक डा कृष्ण हमालले जानकारी दिए ।
उपाध्यक्ष पदमा न्यु साउथ वेल्सबाट दिनेश पोखरेल, नन्द गुरुङ, केशव जोशी, दक्षिण अष्ट्रेलियाबाट अशोक केसी, प्रजिता गेलाल, क्यानबेराबाट राजु अधिकारी, राजनप्रसाद ढुङ्गेल, नर्दन टेरिटोरिबाट बाबुराम भट्टराई, हरिराम रिजाल, क्वीन्सल्याण्डबाट सन्तोष कुंवर, भिक्टोरियाबाट केशव कंडेल र माधव पौडेल, पश्चिम अष्ट्रेलियाबाट नबिन बिडारी र दीपक शर्मा र तास्मानियाबाट विश्वेश्वर खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन संयोजक हमालले क्वीन्सल्याण्ड र तास्मानियाबाट भने उपाध्यक्ष पदमा सर्वसम्मत भएको जानकारी दिए ।
प्रकाशित उम्मेदवारको नामावली अनुसार आइसिसी सदस्यहरुमा गोकुल घिमिरे, दीपककुमार भट्टराई, जानकी पौडेल, केदार रिजाल, मधु पन्थी, निरन्जन प्रसाई, राजकुमार अधिकारी, राजकुमार थपलिया, उषाकिरण बरिया, सन्तोष दाहाल र रमेश पौडेलले उम्मेदवारी दिएका छन् ।
















प्रतिक्रिया