तुलसीपुर, १० असार । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर र उपमेयरसहितका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् ।
चुनावी अभियानका क्रममा मेयर पदका प्रत्यासी गेहेन्द्र गिरी र उपमेयरकी उम्मेदवार देविका नेपाली तथा क्षेत्रीय सभपति जगत खड्कासहितको टोलीले तुलसीपुर नगरपालिका—१४ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो ।
उनीहरूले विकास निर्माण, पिउने पानी, सिचाइ, बत्ती, सडक, शिक्षा, रोजगारीलाई मतदाता समक्ष पहिलो प्राथमिकतामा राखेको बताए ।













प्रतिक्रिया