१ कार्तिक २०८३, आइतबार

युवा संघको टोली सिंहदरबार जाँदा प्रधानमन्त्री र गृहमन्त्रीको भागाभाग भयोः पहारी

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराउन आफूहरु सिंहदरबार जाँदा प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग भएको दाबी गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पहारीले आचारसंहिता उल्लंघन नगर्न सचेत पार्न भनी सिंहदरबार जाँदा प्रधानमन्त्री र गृहमन्त्रीको भागाभाग भएको जानकारी गराए ।

‘सिंहदरबार गयो भने उनीहरु भाग्छन्, समय माग्यो दिदैनन् । यसको मतलब आचारसंहिता अघिल्लो चुनावमा गगनजीले र अहिले गृहमन्त्री जनार्दन शर्माले मिचिरहेजस्तो छुट सरकारलाई चाहिएको बुझिन्छ,’ उनले सरकारलाई प्रश्न गरे, ‘के आचार संहिता विपक्षी दल र पत्रकारहरुले मात्रै मान्नु पर्ने हो ? सरकार र निर्वाचन आयोगले जे गरे पनि हुने हो ?’

आचारसंहिता उल्लंघन गरिरहे ‘वाइसिएल बनाइदिने’ चेतावनी

चौथो पटकसम्म सारेपछि आउँदो १४ गते हुने दोस्रो चरणको निर्वाचन अघि नै सरकारले ११ वटा भन्दा बढी आचारसंहिता उल्लंघन गरेको फेहरिस्त सार्वजनिक गर्दै अध्यक्ष पहारीले सरकारलाई आचारसंहिता उल्लंघन गरिरहे ‘वाइसिएल बनाइदिने’ चेतावनी दिए ।

शान्तिप्रक्रियामा आउँदा दिउसै रात पार्दै मान्छे कुट्दै र काट्दै हिडेको तत्कालीन माओवादी निकट वाइसिएलको लाल आतंक युवा संघले निस्तेज पारेको सन्दर्भ सुनाउँदै उनले सरकारले आचार संहिता पालना गराउनु पर्ने अभिभावकीय भूमिका आफैले मिचेर बोर्ड फस्ट हासिल गरेको भन्दै व्यङ्ग्य समेत गरे ।

उनले भने– ‘सरकार देशको अभिभावक हो, कानुनको संरक्षक हो । तर दुर्भाग्य नेपालमा यतिबेलाको सरकार कानुन सबैभन्दा बढी मिच्ने र जन भक्षक जस्तो बनिरहेको छ । चुनाव घोषणा भएपछि प्रचण्ड र शेरबहादुरजीमा आचार संहिता मिच्ने होड नै चलेजस्तो देखियो, देउवाजी त बोर्ड फस्ट नै हुनु भो, अब माला लगाइदिन जानु पर्ला जस्तो छ ।’

उनले सरकारबाट भएका आचारसंहिता मिचेका घटनाहरुको भण्डाफोर अभियान नै चलाएको जानकारी गराए । ११ बुँदे आचार संहिता उल्लंघनका घटनाहरु संघका उपाध्यक्ष चन्द्र लामाले वाचन गरेका थिए भने, अध्यक्ष पहारीले त्यसलाई व्याख्या गरेका थिए ।

‘सरकार पहिले चुनाव चाहदैनथ्यो,’ पत्रकार भेटघाटमा पहारीले भने, ‘पहिलो चरणको चुनावमा २–४ माकुराहरु मिलेर हात्तीलाई जालमा पार्ने दुस्साहस गरेका थिए, तर ५१ प्रतिशत बढी मत एमालेले नै ल्याएपछि यतिबेला शेरबहादुरजी आत्तिनु भएको हो ।’

राजपालाई चुनावमा नल्याउनु काँग्रेसको षडयन्त्र

अध्यक्ष पहारीले राजपालाई चुनावमा नल्याउनु नेपाली काँग्रेसको षडयन्त्र रहेको दाबी गरे । ‘नेपाली काँग्रेस अब लोकतन्त्रकै शत्रु बन्दै गइरहेको छ, किनभने आफू सत्तामा जाँदा राजपा जस्ता दलहरुको मत लिने, तर जनताले आफ्नो प्रतिनिधि चुन्ने २० वर्ष पछि हुन लागेको स्थानीय चुनावमा चाहिँ जनतालाई प्रतिनिधि चुन्नबाट रोक्ने षडयन्त्र गर्ने ? यो कहाँको लोकतान्त्रिक पार्टी हो,’ उनले प्रश्न गरे ।

पहारीले काँग्रेस र राजपाको भोट बैंक एकै भएकाले विभिन्न बहानामा राजपालाई काँग्रेसले नै सूलीमा चढाएको दाबी गरेका छन् । उनी भन्छन्– ‘राजपा काँग्रेसमै विलय हुन्छ भने भन्नु केही छैन, तर दोस्रो चरणको चुनावमा काँग्रेसको गोटी बनेर भाग नलिएपछि भोलि उसको हविगत के हुन्छ ?’

पहारीले जोड दिएर भने, ‘यदि तिम्रा मागहरु साँच्चिकै जनताका हुन् भने किन चुनावमा भिड्ने हिम्मत गर्दैनौं ? म चुनौती दिएर भन्न चाहन्छु, राजपाले चुनाव जितेर आओस् ।’

भिडियोः