१ कार्तिक २०८३, आइतबार

बनेपामा एक मिनेटको अन्तरमा दुई भूकम्प

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १० असार । काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । एकैमिनेटको अन्तरमा दुईपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३.२ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प सानो भए पनि अलि बढी नै हल्लाएको महसुस भएको स्थानीय बासिन्दाले बताएका छन् । नजिकै केन्द्रबिन्दू भएकाले बढी हल्लाएको हुनसक्ने भूकम्प मापन केन्द्रले जनाएको छ ।