२१ कार्तिक २०८३, शनिबार

‘धेरै पढेको नेता भएको भए नेपाल बन्द गर्ने थिएनन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । हास्य कलाकार एवम् अन्तर्राष्ट्रिय कलाकार संघ नेपालका अध्यक्ष शिबहरि पौडेलले बिद्यार्थीले अध्ययनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शंखमुलस्थित एआइए स्कुलबाट एसइइमा शतप्रतिशत पास गरेका छात्रछात्राको सम्मानमा आयोजित बिशेष कार्यक्रममा उनले राम्रो शिक्षा आर्जन गरेका ब्याक्ति जुनसुकै फिल्डमा सफल हुने बताए ।

‘राम्रो शिक्षा लिएको व्यक्ति सक्षम हुन्छन् । त्यस्ता पढेलेखेका व्यक्ति राजनीति गर्नेतिर लागेमा नेपालको राजनीति सुधार हुन्थ्यो’, उनले भने ।

जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक बिश्वास रोक्का मगरले एआइएको उत्कृष्ठ पढाइसंग सांस्कृतिक एवं अन्य एक्स्ट्रा एक्टिभिटी निकै प्रभाबकारी रहेको आफूले अनुभूति गरेको बताए ।

बिद्यालयका अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल बिष्णु अर्यालले आगामी वर्षदेखि बिद्यालयमा अध्ययन गरेका बिद्यार्थी ११, १२ मा अध्ययन गर्न बाहिर जानु नपर्र्ने जानकारी गराए ।

कार्यक्रममा बरिष्ठ पत्रकार टंक पन्त, शिक्षक बिमल घिमिरे, खगिश्वर गिरीले पुरस्कृत र सम्मानित बिद्यार्थीले आगामी दिनमा थप उत्कृष्ठता हासिल गर्ने बिश्वास ब्यक्त गरे ।

सो विद्यालयमा ‘ए’ प्लस १६, ‘ए’ ३९, ‘बी’ प्लस १५ र ‘बी’ ३ जना गरी शतप्रतिशतपास गरेको जनाइएको छ ।