२१ कार्तिक २०८३, शनिबार

केपी ओली किन आउँदैछन् भोलि उर्लाबारी ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, ९ असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिवार चुनावी सभालाई सम्बोधन गर्न उर्लाबारी आउनु हुने भएको छ ।

उर्लाबारी ७ स्थित बरगाछी चोकमा हुने नेकपा एमाले उर्लाबारीको बृहत सभालाई सम्बोधन गर्न ओली उर्लाबारी आउनु हुने भएको हो । एमाले निर्वाचन परिचालन कमिटी उर्लाबारीद्धारा आयोजित सभामा नगरका मेयर पदका उम्मेद्वार भूपालसिं जिमी, उपमेयर पदकी उम्मेद्वार लक्ष्मी भण्डारीसहित सम्पूर्ण वडाका उम्मेद्वारहरुलाई विजयी गराउन ओलीले जनसमुदायलाई अपिल गर्ने बताईएको छ ।

उर्लाबारी ६ स्थित राधिका माविको प्रागंणमा भेला भई एमालेको र्याली बरगाछी पुग्ने कार्यक्रम तय गरिएको छ । निर्वाचन परिचालन कमिटीका संयोजक मानबहादुर श्रेष्ठका अनुसार बिहान ९ बजेबाट सुरु हुने चुनावी सभालाई भव्य र सभ्य बनाउन पार्टीका सबै तह र तप्का तथा जनबर्गिय संगठनलाई परिचालन गरिएको छ ।

बिगतका दुई वटा स्थानीय निर्वाचन र बहुदल कालका ३ वटा संसदीय चुनावमा सानदार जित हात पारेको एमालेले उर्लाबारीमा बिगतको बर्चश्व कायम राख्न ओलीसहितका केन्द्रिय स्तरका नेतालाई उर्लाबारीमा उतार्ने भएको हो ।

ओलीले सम्बोधन गर्ने चुनावी सभामा हजारौ जनसहभागिता हुने पूर्व सुचनाका कारण उर्लाबारीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने एमालेले पनि आफ्ना शीर्ष नेताको सुरक्षाका लागि सयौँको संख्यामा युवाहरु परिचालन गरेको छ ।