२१ कार्तिक २०८३, शनिबार

पाइलट बाबाद्वारा चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । पाइलट बाबाले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

अनौपचारिक भ्रमणमा आउनुभएका बाबालाई चन्द्रागिरि हिल्स लिमिटेडका संचालक अम्बिका प्रसाद पौडेल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो । काठमाडौं, ९ असार । पाइलट बाबाले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । अनौपचारिक भ्रमणमा आउनुभएका बाबालाई चन्द्रागिरि हिल्स लिमिटेडका संचालक अम्बिका प्रसाद पौडेल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै बाबाले भगवान शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र यहाको भ्रमणले आफु अत्यन्तै मोहित भएको उल्लेख गर्नुभएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।