२१ कार्तिक २०८३, शनिबार

यसकारण मेरो जित सुनिश्चित छः उर्लाबारीका एमाले उम्मेदवार कार्की 

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मचिन्द्र कार्की, उर्लाबारी नगरपालिका १ का लागि परिचित अनुहार हो । साविकको मधुमल्ला ७, ८ र ९ गाभेर बनेको उर्लाबारी १ मा नेकपा एमालेका तर्फबाट उनी वडाध्यक्षका उम्मेदवार हुन । कक्षा ७ देखि नै अनेरास्ववियुमा आवद्ध भएर एमालेको विभिन्न कमिटीमा रहेर कार्यगरिसकेका ४६ वर्षीय कार्की स्थानीयवासीका नजरमा इमान्दार व्यक्तिको छवी बनाएका छन् । अखिलको उर्लाबारी क्याम्पस प्रारम्भिक कमिटी कोषाध्यक्ष, साविक मघुमल्ला ८ को सदस्य, गाउँ कमिटी सदस्य, सचिव, इलाका सचिव, अखिल नेपाल किसान महासंघ क्षेत्रीय सचिव, जिल्ला सदस्य भईसकेका उनी हाल नगरको सचिवाल सदस्य हुन । पार्टी संगठनमा लामो समय विताएका उनी परिपक्व उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । वडाध्यक्षका उम्मेदवार कार्कीसँग गरिएको कुराकानीः

– चुनावी अभियान कसरी चलिरहेको छ ?

स्थानीय तहको पहिलो चरणको निर्वाचन हुनु अघि नै देखि करिव करिव पार्टीले मलाई उर्लाबारी १ मा जिम्मेवारी दिने तय गरिसकेको थियो । त्यसले गर्दा मैले पहिलो चरणको चुनाव अघि देखि आजका मिति सम्म पनि निरन्तर रुपमा घरदैलो कार्यक्रम जारी राखेको छु । मेरो वार्डका साथै अन्य वडाहरुका साथीका लागि पनि मत माग्ने काम गरियो । मैले उम्मेदवारी दिएको वडामा ३ हजार ९ सय ६७ मतदाता रहेका छन् । करिव करिव सवै मतदाता कहाँ म पुगीसके । घरदैलो कार्यक्रम निरन्तर जारी छ । मौन अवधि शुरु नहुँदा सम्म यो क्रम जारी नै रहन्छ । हरेक दिन सयौं कार्यकर्ता साथीहरुसँगै मत माग्ने क्रम चलिरहेको छ ।

– तपाईले उम्मेदवारी दिएको वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ, तर पछिल्लो दुईवटा संविधानसभा निर्वाचनमा एमाले निकट उम्मेदवार विजयी नहुँदा संगठन कमजोर हुँदै गएको देखिन्छ नी ?

२०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा यस क्षेत्र नंवर ९ वटा एमाले उम्मेदवार पराजित हुन पुगे । त्यो समग्र क्षेत्रभरिको मतका आधारमा निर्वाचित हुने भएकाले एमालेका उम्मेदवार झिनो मतले पराजित भएका थिए । तर, हाम्रो वडाबाट अन्य पार्टीको तुलनामा बढीनै मत खसेको थियो । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उर्लाबारी १ हुनु पुर्वका मधुमल्ला ७ वाट भूपालसिंह गौतम, ८ वाट खडिवहादुर बोहोरा र ९ बाट भीम श्रेष्ठले विजयी हासिल गर्नु भएको थियो । उहाँहरुले यहाँबाट विजयी मात्र हैन भारी मत ल्याउनु भएको थियो । त्यो मत अहिले पनि विग्रीएको छैन । केही साथीहरुले बाटो विराउनु भयो होला तर केही साथीहरु प्रवेश पनि गर्नु भएको छ । यसले गर्दा उर्लाबारी १ मा हाम्रो संगठन अन्य पार्टी भन्दा धेरै नै मजवुत छ ।

– मुख्य प्रतिष्पर्धा कोसँग हुन्छ ?

पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणामले पनि देखाईसकेको छ । एमालेको मुख्यप्रतिष्पर्धी दल भनेको नेपाली काँग्रेस नै हो । अन्यसँग एमालेको प्रतिष्पर्धा हुँदैन । यो प्रतिष्पर्धा फेरि यस पटक मात्रै हैन यसअघि भएका निर्वाचनले पनि त्यो देखाएको छ । काँग्रेस प्रतिष्पर्धी दल मात्रै देखिएको छ । तर मतअन्तरका आधारमा म धेरै नै अघि रहेको छु । जुन असार १४ पछिको परिणामले पनि देखाउने छ ।

– तपाईको मुख्य एजेण्डा के छ ?

यहाँको मुख्य समस्या भनेको बक्राहा नदी नै हो । यस नदीले यहाँका धेरै जनतालाई पिरोलेको छ । म यसवाट जनतालाई मुक्ति दिने छु । म आँफै यसबाट पीडित व्यक्ति पनि हो । त्यसले गर्दा पहिलो प्राथमिकता भनेको यसको नियन्त्रण नै हुने छ । यससँगै विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, बालबालिका, यूवा र वृद्धवृद्धाका लागि काम गर्ने मैले योजना बनाएको छु । उर्लाबारी १ भित्र रहेका सवै सडक तथा कल्भटको स्तरोन्ती गर्ने छु । पिच हुने खालका सडकको तत्काल पिचको प्रवन्ध गर्ने छु । अहिले यहाका बासिन्दा नाम मात्रैको नगरवासी भएका छन् । तर अव साचै नगरमै वसेको अनुभूती हुने खालका काम गर्ने छु । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठन पाठनको व्यवस्था मिलाउने छु । सामुदायिक विद्यालयमा घेरावारा लगाउने छु । वृद्धवद्धाका लागि भत्ता तथा मनोरञ्जनस्थल, बालबालिकाका लागि मनोरञ्जनन पार्क, यूवाका लागि खेल मैदान, किसानका लागि सिंचाईको प्रवन्ध, वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य चौक, खानेपानी, प्रहरी चौकीको निर्माण गर्ने छु । समग्रमा यहाँको चौतर्फी विकास हुने छ । एक नम्वर वडा विकास निर्माणमा एक नम्वर नै भएको यहाँका जनताले अनुभुत गर्ने छन् ।