जाकर्ता, ३ कात्तिक । निवर्तमान राष्ट्रपति सुसिलो बाम्बाङ्ग युधोयोनोलाई प्रतिस्थापन गर्दै इन्डोनेसियामा नव नियुक्त राष्ट्रपति जोको विडोडोले आज शपथ ग्रहण गरेका छन् ।
स्थानीय रुपमा जोकोवी नामबाट परिचित विडोडोले यसअघि जाकार्ताको गभर्नरको पद सम्हाल्दै आएका थिए । शपथ ग्रहण कार्यक्रममा मुलुकको संसद भवनमा स्वदेशी तथा विदेशी नेताहरूको खचाखच उपस्थिति थियो ।
विदेशी नेताहरूमध्ये अमेरिकी विदेशमन्त्री जोन केरी, मलेसियाली प्रधानमन्त्री नाजिब रजाक, सिङ्गापुरका प्रधानमन्त्री लि सिन लुङ्ग, टिमोर लिस्टीका प्रधानमन्त्री जनाना गुस्माओ, पपुवा न्युगिनी प्रधानमन्त्री पेटर ओनिलको उपस्थिति रहेको जनाइएको छ ।
तीन महिनाअघि सम्पन्न राष्ट्रपति निर्वाचनमा जोकोवीले निकटतम प्रतिद्वन्द्वी भूपु सैनिक जनरल प्रबोओ सुवियान्तो र अर्का प्रत्यासी हस्ती राजसालाई पराजित गरे । – सिन्ह्वा













प्रतिक्रिया