२१ कार्तिक २०८३, शनिबार

सिरहामा च्याउँझै उम्रेका अवैध निजी विद्यालय बन्द हुने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ९ असार । कानूनलाई धज्जी उडाउँदै विगत लामो समयदेखि सञ्चालित सिरहाका अवैध नीजि विद्यालयहरु बन्द हुने भएको छ । जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा फेला परेका अवैध नीजि विद्यालयहरुलाई बन्द गराउन लागेको हो ।

जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले १० दिनसम्म अनुगमन गर्दा सय बढी नीजि विद्यालय अवैध रुपमा संचालनमा रहेको फेला पारेका थिए । त्यसपछि शिक्षा कार्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भइरहेको निष्कर्ष निकाल्दै अवैध विद्यालय बन्द गराउन स्थानीय प्रशासनलाई पत्र काटेका थिए ।

शिक्षा अधिकारी कर्ण भन्छन्– ‘यहाँ ठूलो संख्यामा अवैध विद्यालय संचालित रहेको भनेर व्यापक गुनासो आयो । त्यसपछि अनुगमन गर्दा करिब डेढ सय विद्यालय कानून विपरित संचालनमा रहेका फेला पर्यो । यति ठूलो संख्यामा अवैध विद्यालय संचालनमा होला भनेर म कल्पना पनि गरेका थिएनौं । यस्ता विद्यालयका कारण विद्यार्थीको भविष्य खतरामा छ । त्यसैले बन्द गराउने अभियान सुरु गर्दैछौं ।’

उनले आजदेखि नै अवैध निजी विद्यालय बन्द गराउने अभियान सुरु गर्ने बताए । ‘अवैध निजी विद्यालय बन्द गर्न हामीले सूचना पनि प्रकाशित गर्यो तर कसैले वास्ता गरेन’, उनले भने, ‘अवैध विद्यालय संचालकहरुले अटेर गर्यो । त्यसैले अब हामीले हस्तक्षेप गरेर भएपनि बन्द गराउँछौं ।’

कति छन् अवैध विद्यालय

३८ वटा विद्यालय बिना अनुमति नै सञ्चालनमा रहेका छन् । अनुगमनका क्रममा १ सय ८ वटा विद्यालयले अुनमति विना नै माथिल्लो कक्षा सञ्चालन गरिरहेको छ ।

जसमध्ये ३३ वटा विद्यालयल कक्षा ९ र १०, ५१ वटा विद्यालयले कक्षा ६,७,८ र २४ वटा विद्यालयले कक्षा ५ सम्म अनुमति बिनै कक्षा सञ्चालन गरेको पाइएको हो ।

यी १ सय ४६ कानून विपरितका निजी विद्यालयलाई स्थानीय प्रशासन ऐन अन्तर्गत कार्बाही गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा शिक्षा कार्यालयले प्रतिवेदन बुझाएको छ ।