काठमाडौं, ९ असार । उमेरले चार बीस कटीसकेकी आमा । सेताम्मै फुलेको कपाल । उठन बस्न पनि गारो । हिडदा पनि निकै अपठयारो, समातेर हिडाउनु पर्ने । चिलाएर शरीरमा घाउ नै बनाईसकेकी ।
काठमाडौंको इमाडोल घर बताउने शिव कुमारी थापा लायन्स क्लब अफ काठमाडौं रेसुंगाले काठमाडौंको शान्तिनगरस्थित निःशहाय सेवा आश्रममा आयोजना गरेको जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा निकै उत्साहित देखिनु हुन्थ्यो ।
आमाले भन्नुभयो, ‘खुसी लागेको छ । डाक्टरले जाचेर औषधि दिनु भएको छ । खाने बेला भएपछि यहि नानीले खान दिनुहुन्छ । दम छ, हातगोडा चिलाउछ । पहिले देखि नै ढाड उठदैन । प्रेशर पनि छ भन्नुहुन्छ डाक्टरले । भर्खरै भनेको कुरा भर्खरै बिर्सन्छु । आश्रममा आउनु पहिले केही हुँदैनथ्यो ।’ आखाभरि आसु लिएर आमाले भन्नुभयो, ‘१ बर्ष भयो यहा आएको । यहा आएपछि बिमार बढेको छ नानी ।’
थापासँगै स्वास्थ्य परीक्षणका क्रममा भेटिएकी बिगत ९ वर्षदेखि आश्रममा आश्रित ओखलढुंगा घर बताउने वर्ष ७९ की गाायत्री काफ्लेको समस्या पनि उस्तै छ । गायत्री आमा भन्नुहुन्छ, ‘शरीर चिलाउँछ , हिँडडुल गर्न सक्दिन । रातभरि निद्रा लाग्दैन । पैसा नतिरिकन जाच गराउन पाउदा धेरै खुशी लागेको छ ।’
डाक्टरले चिन्ता नलिन भन्नु भएको छ । चिन्ता नलिने भने पनि के के कुरा मनमा खेल्छ नानी । बिर्सन्छु भने पनि सकिदैन । कुराकानी कै क्रममा टिलपिल आसुले आखाका डिल भरिएका थिए । त्यसपछि केहि बोल्न सक्नु भएन गायत्री आमा ।
पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका जेष्ठ नागरिक रोग तथा अल्जाईमर्स बिशेषज्ञ डा रमेश खरेल, पाटन अस्पताल कै फिजिसियन डा.नमराज रानाभाट, बीर अस्पतालका स्टाफ नर्स भावना कँडेल, मेरिडिय अस्पताल महाराजगजंका रेडियोग्राफी इच्छा खनाल लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
जेष्ठ नागरिक रोग तथा अल्जाईमर्स रोग बिशेषज्ञ डा रमेश कँडेलले बिशेष गरी उच्च रक्तचाप, शरीर चिलाउने, पेट पोल्ने ग्यासट्रिक, दमको समस्या, पिसाब चुहिने समस्या, मुटुको रोगी, निद्रा नलाग्ने समस्या देखिएको बताउनुहुन्छ ।
कँडेल भन्नुहुन्छ, ‘स्वास्थ्य परीक्षण गर्न आउने अधिकाशं जेष्ठ नागरिकमा अल्जाईमर्सको समस्या देखिएको छ । शुरुवातको अवस्थामा बिस्तारै कुुराहरु बिर्सदै जाने, मान्छे र स्थानका नामहरू बिर्सदै जाने, तत्काल गरेका काम समेत बिर्सदै जाने जस्ता लक्षण यो रोगमा देखिन्छन ।’
बुढयौलीसँगै मस्तिष्कमा बिभिन्न रसायनहरूमध्ये एसिटाईल कोलिन भन्ने रसायनको कमिले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्दछ । यो रोगका बिरामीलाई डिपे्रशन हुने डा. कँडेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘बिशेष गरी घर परिवारबाट अपहेलित भएर आश्रममा आश्रय लिनु भएका जेष्ठ नागरिकमा डिप्रेशनको समस्या देखिएको छ । अल्जाईमर्सका बिरामीलाई डिपे्रशन हुने कँडेलको भनाई छ।
साथै सो अवसरमा ५५ देखि ९० वर्ष सम्मका ६४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।













प्रतिक्रिया