काठमाडौं, ९ असार । नेपाल साम्बो फेडेरेसनले ओलम्पिक डेको अवसरमा आयोजना गरेको साम्बो प्रतियोगिताको महिला ४५ केजीमा दिलीशा छन्त्यालले बिहीबार स्वर्ण जितेकी छन् । गोंगबुमा भएको प्रतिस्पर्धामा दिलीशाले फाइनलमा रोजिना श्रेष्ठलाई पराजित गरिन् ।
महिलाको २५ केजीमा रोशना खड्का र ३५ केजीमा पवित्रा विष्टले पहिलो स्थान हात पारे ।
पुरुषको २५ केजीमा आशिष कार्की, ३० केजीमा शिशीर विक, ३५ केजीमा सुजन खतिवडा, ४५ केजीमा पदम दमाईं, ५६ केजीमा विकल छन्त्याल, ४० केजीमा पेम्बा शेर्पा तथा खुला तौलसमूहमा अग्रिम कायतले स्वर्ण हात पारे ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, वडा ९ का अध्यक्ष जोगप्रसाद नेपाल, साम्बो फेडेरेसनका महासचिव उत्तम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ६५ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।















प्रतिक्रिया