१ कार्तिक २०८३, आइतबार

गोंगबु साम्बो कलबमा मनाइयो ओलम्पिक डे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । ओलम्पिक डेको अवसर पारेर नेपाल साम्बो फेडेरेसनद्वरा आयोजित साम्बो प्रतियोगिता सम्पन्न भयो ।

बिहिबार गोँगबु साम्बो कल्बमा भएको कार्यक्रमका प्रमुख अतिथिमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र साम्बो फेडेरेसनका उपाध्यक्ष बाबुराजा मर्हजनले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरे ।

खेलमा महिला २५ केजी तौल तर्फ रोशना खड्का विजयी भए । त्यस्तै महिला ३५ के.जी. तौल समूह तर्फ पवित्रा विष्ट, महिला ४५ महिला ४५ के.जी. तौल समूहमा डेनिसा छन्त्याल प्रथम बन्न सफल रहे ।

पुरुषतर्फ प्रथम स्थान प्राप्त गरेका खेलाडीहरुमा ओपनमा अग्रिम कायत पुरुष २५ के.जी. तौल समूहमा आशिष कार्की, पुरुष ३० के.जी. तौल समूह तर्फ शिशिर वि.क., पुरुष – ३५ के.जी. तौल समूहको प्रतिस्प्रर्धामा सुजन खतिवडा, पुरुष ४५ के.जी. तौल समूहमा पदम दमाई र पुरुष ५६ के.जी. तौल समूहमा विकल छन्त्यालले प्राप्त गरेको नेपाल साम्बो महासंघका महासचिव उत्तम श्रेष्ठले बताए ।