मोरङ, ८ असार । चुनावको मुखैमा नेपाली कांग्रेसका एक उम्मेदवारको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका, वडा नं.६ का वडा सदस्य उम्मेदवार मातृका भण्डारीको विहिबार मृत्यु भएको साविकको लेटाङ गाविसका पूर्व अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । ५६ वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो ।
उनका अनुसार भण्डारीको निधनपछि निर्वाचन आयोगले सर्वदलीय बैठक गरी मुचुल्का उठाएको छ । सो वडाको निर्वाचन कार्यतालिका आयोगले छिटै सार्वजनिक गर्ने उनको भनाई छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने जानकारी दिए ।











प्रतिक्रिया