२१ कार्तिक २०८३, शनिबार

विदेशबाट ल्याएको सुनसहित त्रिभुवन विमानस्थलमा तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । विदेशबाट ल्याएको सुनसहित त्रिभुवन विमानस्थलमा तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एअरलाइन्सको उडानद्वारा दुबईबाट आएका बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसँग सामान रिसिभ गर्दै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेत समेत सुनजस्तो देखिने पहेंको धातु करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सहित बिहिबार तीनै जानलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।