१ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ

95k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ८ असार । सर्वसाधारणमाथि हातपात गरेको आरोपमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुख श्रवण जिसी ‘विनोद’ पक्राउ परेका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे पार्टीमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै सुनकोशी गाउँपालिकाका वाईसियल संयोजकलगायत अन्य उपस्थित अतिथिमाथि हातपात गरेको उजुरी परेपछि बुधबार काभ्रे प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको हो ।

उनीमाथि सार्वजनिक मुद्दा लगाएर कारवाही अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

पटक–पटक विवादमा आइरहने उनीमाथि यसअघि ठोकर्पाकै माओवादी कार्यकर्तामाथि हातपात गरेको भन्दै सिन्धुपाल्चोक प्रहरीमा मुद्दा परेको थियो ।