१ कार्तिक २०८३, आइतबार

एन्फाका पूर्वमहासचिव शाही पक्राउ, एक करोड ठगीको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही ठगी आरोपमा पक्राउ परेका छन् ।

शाहीलाई क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड रकम ठगी गरेको आरोपमा विहिबार विहान महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको हो ।

महाशाखा प्रमुख एसएसपी दीनेश अमात्यका अनुसार शाहीले क्यानडा पठाइदिन्छु भन्दै २० भन्दा बढी व्यक्तिलाई ठगी गरेका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसएसपी अमात्यले जानकारी दिए ।

नेपाल आइस हक्की संघका अध्यक्ष रहेका शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक समेत हुन् ।