९ मंसिर २०८३, बुधबार

गृह जिल्ला झापामा रहेका ओली किन आउँदै छन् काठमाडौं ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । चुनावी कार्यक्रमहरूमा सहभागी हुन गृह जिल्ला झापा पुगेका एमालेका अध्यक्ष केपी ओली आज राजधानी फिर्ता हुँदै छन् ।

दुई दिन अगाडि विराटनगर हुँदै झापा पुगेका ओली आज काठमाडौं आउन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘विभिन्न चुनावी कार्यक्रम सकेर अध्यक्षज्यू काठमाडौं आउँदै हुनुहुन्छ । पार्टीको केही आन्तरिक काम गर्नु पर्ने भएकाले उहाँले कार्यक्रम छोट्याएर आउन लाग्नु भएको हो ।’

ओली राजधानीमा दुई दिन बसेर फेरि पूर्वी जिल्लाहरूमा चुनावी कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने छन् ।

एमालेले आफ्ना स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने जिम्मेवारी साथ कार्यविभाजन गरेर फिल्डमा पठाइ सकेको छ ।