२१ कार्तिक २०८३, शनिबार

घोराहीमा चुनावी माहोल तात्तियो, कांग्रेसका ठूला नेताले लिए जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराह, ८ असार । दाङको घोराही उपमहानगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।

कांग्रेसको चुनावी कार्यक्रमहरूमा उल्लेख्य सहभागिता हुने गरेको मेयर पदका उम्मेदवार भुपबहादुर डाँगीले जानकारी दिए । बुधवार बिहान घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ मा चुनावी कार्यक्रम भएको थियो । सो कार्यक्रममा उल्लेख्य सहभागिता रहेको कांग्रेस प्रचार प्रसार समितिको भनाइ छ ।

कार्यक्रममा मेयर पदका उमेदवार भुपबहादुर डाँगी र उपमेयर पदकी उमेदवार पुष्पा श्रेष्ठले जनताको सुःखदुःखमा आफूहरूले साथ दिने प्रतिवद्धता जनाए ।

कांग्रेसका मेयर र उपमेयर पदका उम्मेदवारहरू सैघामा आयोजना गरिएको चुनावी कार्यक्रमहरूमा पनि सहभागी भएका छन् । सैघाको राम्चे र सैघाका मतदाताहरूसँग मत मागिएको कांग्रेस क्षेत्र नं. २ का सांसद राजु खनालले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरसहितका विभिन्न पदमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारको पक्षमा मत माग्न नेपाली कांग्रेसका पूर्व मन्त्री एवम् नेता बलदेव शर्मा मजगैँया, सांसद राजु खनाल, सांसद अनिता देवकोटासहितका नेताहरू सक्रिय भएर लागेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १९ अर्थात सैघामा कांग्रेसबाट वडा अध्यक्ष पदमा ज्ञानबहादुर रायमाझीले उम्मेदवारी दिएका छन् ।

उता, नेपाली कांग्रेस घोराही उपमहानगरपालिको वडा नं. १७ ले पनि प्रचार प्रसारलाई तीब्रता दिएको छ । नवलपुर र डबरीका विभिन्न स्थानहरूमा घरदैलो कार्यक्रम सम्पन्न भएका छन् ।

वडा नं. १७ मा कांग्रेसबाट वडाध्यक्षमा बुझाउना चौधरीले उम्मेदवारी दिएका छन् । चौधरीले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।