९ मंसिर २०८३, बुधबार

व्यस्त कार्यक्रम लिएर पौडेल ५ नं. तर्फ प्रस्थान, देउवा शुक्रबार जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ५ नं. प्रदेशतर्फ प्रस्थान गरेका छन् ।

उनको व्यस्त चुनावी कार्यक्रम नवलपरासीदेखि नेपालगञ्जसम्मको रहेको छ । वरिष्ठ नेता पौडेल बिहीबार बिहान ८ बजे ५ नं. प्रदेशका विभिन्न जिल्लाको दौडाहका लागि प्रस्थान गरेका हुन् ।

रुपन्देहीमा बिहान ११ बजे तिलोत्तमा हुन लागेको चुनावी सभालाई पौडेलले आजै सम्बोधन गर्ने निजी सचिवालयले जनाएको छ । उनले आज नै दिउँसो ३ बजे रुपन्देहीको सैनामैनाको चुनावी सभालाई पनि सम्बोधन गर्ने छन् ।

बुटवल उपमहानगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका वरिष्ठ नेता पौडेलले असार ९ गते बिहान ९ बजे कपिलबस्तुको बाणगंगाको चुनावी सभामा सहभागी हुने छन् । उनले सोही दिन दिउँसो १ बजे कपिलबस्तुको गोरुसिंगेको अर्को चुनावी सभालाई सम्बोधन जनाइएको छ ।

असार ९ गते नै कपिलवस्तुकै महाराजगञ्जमा अपरान्ह ४ बजे कपिलबस्तुको महाराजगंजको चुनावी सभालाई सम्बोधन गर्ने पौडेलको कार्यक्रम छ ।

नेता पौडेल असार १० गते नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी सभलाई सम्बोधन पुग्ने छन् । असार १० गते नै नेता पौडेलले दाङमा कार्यकर्ताहरूसँग भेटवार्ता गरेर कांग्रेसका उम्मेदवारहरूलाई जिताउन निर्देशन दिने छन् ।

त्यसपछि नेता पौडेल असार ११ गते रुपन्देहीको भैरहवा, बुटवलमा चुनावी सभालाई सम्बोधन गर्नुका साथै नवलपरासीको बर्दघाटमा अर्को चुनावी सभालाई सम्बोधन जाने छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन् कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सुदूरपश्चिम प्रस्थान गर्दै छन् ।