बागलुङ, ७ असार । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय तहलाई समृद्ध बनाउनका लागि अर्थतन्त्रको तीन मध्येको एक महत्वपूर्ण खम्बा सहकारीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । बागलुङ, ७ असार । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय तहलाई समृद्ध बनाउनका लागि अर्थतन्त्रको तीन मध्येको एक महत्वपूर्ण खम्बा सहकारीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी संघ लिमिटेडको सहयोगमा सञ्चालन गरेको सहकारी लेखा तथा व्यवस्थापन तालिमको बुधवार उद्घाटन गर्दै पौडेलले यस्तो बताउनु भएको हो । हाम्रो जस्तो देशको तिब्र आर्थिक विकासका लागि सहकारी माध्यम उपयुक्त हुने भन्दै उहाँले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भएको हो ।
देशको समृद्धिका लागि स्थानीय स्रोत, साधनको परिचालन आवश्यक छ र त्यसका लागि सबै भन्दा उपयुक्त माध्यम सहकारी भएकाले स्थानीय तहको समृद्धिका लागि सहकारीको भूमिका बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीप्रति जनताका आकर्षण बढ्दै गएको तर यसको सञ्चालनका लागि नीतिगत लगायत अन्य थुप्रै समस्याहरु रहेकाले सबैसंग समन्वय गरेर सहकारीको प्रवद्र्धनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, राष्ट्रिय सहकारी संघका प्रवन्धक तथा प्रशिक्षक गोपीकृष्ण भण्डारी लगायतले सहकारीलाई सबल बनाउन शिक्षा, तालिम र सूचनाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र कोषाध्यक्ष भूपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा सहकारीको अवधारणा, सहकारी व्यवस्थापनमा सञ्चालकको भूमिका, सहकारी लेखा प्रणाली र कर्मचारीले गर्नु पर्ने काम लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, राष्ट्रिय सहकारी संघका प्रवन्धक गोपीकृष्ण भण्डारीले सहजीकरण गर्ने जनाइएको छ ।
४ दिन सम्म सञ्चालन हुने सहकारी लेखापालन तालिममा विभिन्न विषयका २५ वटा सहकारी संघ संस्थाका २५ जनाको सहभागिता रहेको छ । लेखा तालिम सकिएपछि लगत्तै ३ दिनको सहकारी व्यवस्थापन तालिम सञ्चालन हुने जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।













प्रतिक्रिया