
– मिना बुढाथोकी
सल्यान, ७ असार । सल्यानका जेष्ठ नागरिकले स्वास्थ्य उपचार गराउदा र यातायातमा पाउनु पर्ने विषेश छुट आफुहरुले नपाएको गुनासो गरेका छन । सरकारले दिएको विशेष छुट आफुहरुले नपाएको भन्दै जेष्ठ नागरिक समाज सल्यानका अध्यक्ष कृष्ण उपाध्यायले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
सल्यान सदरमुकाम खलंगामा भएको एक कार्यक्रममा उहाँले आफूहरुले जेष्ठ नागरिक भएका कारण पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित भएको गुनासो गर्नु भयो । महिला तथा बालबाकिा कार्यालय सल्यानद्दारा आयोजित जेष्ठ नागरिक सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थामा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रियामा सहभागी अधिकांश जेष्ठ नागरिकले आफूहरु पाउनुपर्ने सेवा सुविधाबाट बन्चित भएकोमा दुख प्रकट गरेका थिए ।
बुढेसकालमा आफ्नो सन्तानले समेत अपहेलना गरेका तीता यथार्थ समाजमा रहेको स्मरण गर्दै उनिहरुले सरकारले जुराई दिएको सेवा र सहुलियत उपभोग गर्न न पाएको र यस सम्बन्धी कसैको ध्यान पुग्न नसेकोमा समेत जोड दिएका थिए ।
कार्यक्रममा पमुख अतिथिको आसन बाट बोल्दै पमुख जिल्ला अधिकारी दिल कुमार तामांगले तत्काल सम्बन्धित निकाय संग छलफल गरी जेष्ठ नागरिकले पाउनु पर्ने विशेष छुटका लागी पहल गर्ने पतिबद्धता व्यक्त गर्नुभयो । भर्खरै सल्यान आउनु भएका प्रजिअ तामांगले कानुनले दिएका अधिकार सम्बन्धित पक्षले अनिवार्य रुपमा पाउनु पर्ने भन्दै उहाले समन्वयको कमीले गर्दा पनि कार्यानवयन पक्ष फितलो भएको बताउनुभयो ।
उहाले सरोकारवाला निकाय र कार्यान्वयन गर्ने पक्षका बिचमा मिडियाले पुलको काम गर्ने भएकाले यस्ता कुराहरुमा संचारमाध्यम हरुले दुरी कम गर्ने भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले कुनै पनि कार्य सम्पन्न गर्नका लागी तत्परताका साथ लाग्नुपर्ने र सबैले हातेमालो गर्दै अगाडी बढेमा काम सहजै सम्पन्न हुने हुदा आफूले गर्ने काममा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा महिला विकास अधिकृत राजकुमारी राईले जेष्ठ नागरिक हरुका लागी कानुनी रुपमा रहेका हक अधिकार लगायतका विषयमा जानकारी दिनु भएको थियो । जिल्ला जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी खिम बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।












प्रतिक्रिया