काठमाडौं, ७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं मधेसका प्रभावशाली नेता डा. बंशिधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नम्बर २ को चुनाव सारिएको आरोप लगाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो चुनाब सार्नुको कुनै औचित्य छैन्, चुनाव कुनैपनि हालतमा सार्नुहुन्थेन, सरकारले चाहेको भए चुनाव गर्न सक्दथ्यो ।’
उनले आफ्नो पार्टी संविधान संशोधनमा छलफल गराउन र गर्न तयार रहेको स्पष्ट पारे । मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तीनै तहको निर्वाचन गराउन सक्छ्न या सक्दैनन भन्ने कुरा अझै शंका रहेको गुनासो पोखे । उनले भने, ‘०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गराउनुपर्छ, समयमै निर्वाचन सम्पन्न गर्नको लागि त्यसको लागि चुनाबको क्यालेन्डर लिएर आउनु पर्छ ।’
उनले स्थानीय तहको निर्वाचनमा चुनाबी तालमेलले दीर्घकालीन रुपमा फाईदा भएको बताए । उनले भने, ‘चुनावी तालमेलको संस्कार अत्यन्तै राम्रो छ, यसले फाईदा नै पुग्छ ।’
मिश्रले दोस्रो निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी प्रस्तुत गरे । उनले भने, ‘पहिलो चरणको निर्वाचनमा पनि हामी पहिलो पार्टी बनेको र दोस्रो चरणको निर्वाचनमा पनि हामी नै पहिलो बन्छौं ।’ उनले आफ्नो पार्टी असार १४ को निर्वाचनपछि पहिलो पार्टीको रुपमा उदाउने घोषणा गरे ।
















प्रतिक्रिया