२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petroleum-nepal

काठमाडौँ, २ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य कटौती गरेको छ ।

पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलि दुई रुपियाँ कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको र निगमले गत असोज १३ गते स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेकोले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पेट्रोलको काठमाडौँको खुद्रा मूल्य १३० रुपियाँ ४७ पैसा तथा डिजेल र मट्टितेलमा १०३ रुपियाँ हुन आउँछ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले गत असोज ३० गते घटेको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको थियो ।