
इटहरी, ७ असार । इटहरी उपमहानगरपालिकामा राप्रपाका वडा अध्यक्षको हत्या प्रयास भएको छ । इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि सांघातिक आक्रमण भएको हो ।
इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे पोखरेलमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उहाँलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरि फरार भएको पीडित पोख्रेलले बताए ।
दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवम् राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिए । आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।











प्रतिक्रिया