१ कार्तिक २०८३, आइतबार

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

उदयपुर, ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु-याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् ।

काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।

साउदीमा बिचल्ली हुनेहरुमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरे सहितका युवा रहेका पीडितका आफन्तले बताए ।

प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडाँैको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाएपनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिनुभयो ।

म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् । रासस