१५ कार्तिक २०८३, आइतबार

निर्वाचन सुरक्षामा अतिरिक्त महानिरीक्षको नेतृत्वमा २० हजार प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । सशस्त्र प्रहरी बलले दोस्रो चरणको स्थानीय निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा २० हजार ६१५ जना सशस्त्र प्रहरी खटाएको छ ।

सशस्त्र प्रहरी बल समाचार कक्षका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी र रामशरण पौडेल निर्वाचन सुरक्षाका लागि विभिन्न प्रदेशमा खटिनुभएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उहाँहरूले निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि निर्वाचन केन्द्र, मतदान केन्द्र र जिल्लामा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यका साथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशन दिने जनाइएको छ ।

खटिएकामध्ये १ नम्बर प्रदेशमा १४ जिल्लामा सात हजार ६६२, ५ नम्बर प्रदेशका १२ जिल्लामा सात हजार ७९१ र ७ नम्बर प्रदेशका नौ जिल्लामा तीन हजार ७८८ जना छन् ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३३४ वटा स्थानीय निकायमा यसअघि नै सशस्त्र प्रहरीको टोली ‘फिल्ड’मा खटिइसकेको समाचारकक्षले जनाएको छ ।

सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका अतिरिक्त मोबाइल गस्ती, स्ट्राइकिङ र रिजर्भ टोलीमा विभाजन गरी सुरक्षा प्रदान गर्ने सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।