– नरेश केसी
भैरहवा, ६ असार । सिद्धार्थनगर भैरहवामा सन्चालित रिक्सा मजदुरहरुले असार १४ गते एमालेलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
करिब २ सय ५० जना मजदुरहरुले एकै स्वरमा प्रतिबद्धता जनाउदैं भनेका छन्, हामी मजदुरहरु बाडिदा सामन्तहरुले फाइदा लिइरहे त्यसैले यसपटक सबै एक ढिक्का भएर एमाले उमेदवारलाई जिताउने अभियानमा लागेका छौं ।
रिक्सा व्यवसायीहरुले नै आफै कार्यक्रमको आयोजना गरी सिद्धार्थनगर भैरहवाका एमालेका मेयर उपमेयरका प्रत्यासीहरुलाइ निम्तोगरी त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल इ रिक्सा चालक संघ इकाइ समिती सिद्धार्थनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै ई रिक्सा मजदुर अनुप मगरले सिद्धार्थनगरमा सामन्त र पुजिपति वर्गको प्रतिनिधत्व गर्नेहरुको कारण आफुहरुको व्यवसायमाथी बारम्बार प्रहार भएको जनाउदैं मजदुहरुको जगबाट निर्माण भएको पाटि एमाले भएको इतिहास बुझेपछि हामीले एमालेलाई सहयोग र समर्थन गर्ने निणय गरेको बताए ।
संघका सल्लाहकार तथा मजदुर पृथ्बीबहादर मगरले राजाबादी राप्रपाहरुले मजदुरलाई सधैं दास बनाएर राख्ने गरेको , सामन्तीबादी कांग्रेसले मजदुरहरुमाथी विभेद गरेको तर्क गर्दै मजदुरको हितकोलागी मजदुर आन्दोलनका बाहकलाइ नेता बनाएमा आफुहरुको हित हुने बताए । उनले एमालेका हरिप्रसाद अधिकारी र उमा काफ्ले मजदुर आन्दोलनबाट खारिएको नेता भएकोले उनीहरुको विजयले सिद्धार्थनगरमा मजदुर वर्गको हित हुने विश्वास व्यक्त गरे ।
इ रिक्सा चालक कमला जि.सी.ले पेशा र पसीनाको सम्मान गर्ने पाटि एमाले भएको आफुहरुले महसुस गरी आसन्न निर्वाचनमा एमालेलाइ सहयोग गर्ने मनसाय बनाएको बताइन् ।
सोही अवसरमा रिक्सा चालक दिपा के.सी.ले सिद्धार्थनगरमा आफुहरुले रिक्सा चलाएर हिड्दा एमालेका नेता कार्यकर्ताको व्यवहारले आफु प्रभावित भएको जनाउदैं गरिब र दिनहीनको पीडा बुझ्ने मान्छे एमालेमा नै भएको अनुभुति गरेर एमालेलाइ सहयोग गर्नेगरी अगाडी बढेको बताइन् ।
नेपाल इ रिक्सा चालक संघ इकाइ समिती सिद्धार्थनगरका अध्यक्ष लक्ष्मण खातिले भैरहवाको समृद्धि र विकासकोलागी आसन्न निर्वाचनमा सबै रिक्सा मजदुरले एमालेको सूर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता दोहराए । उनले सिद्धार्थनगरमा यसअघि धेर्रैलाइ नेता बनाएपछि उनीहहरुले मजदुरको पक्षमा केही नगरेको गुनासो गर्दै एमाले उमेदवारले आफुहरुको विश्वासलाई पुरा गर्ने पनि जनाए ।
पर्यटन व्यवसायी सागर अधिकारीले वातवरणमैत्री इ रिक्सा सन्चालनमा नगरपालिका र स्थानिय प्रशासनले सहयोग नगरेकामा दुखः व्यक्त गरे । सिद्धार्थ टुर एण्ड ट्राभल्स एजेन्ट साटाका पुर्व अध्यक्ष समेत रहेका अधिकारीले भैरहवालाई पर्यटन मैत्री शहर बनाउने भनेर भनिरहदा बातवरणमैत्री सवारी साधन सन्चालनमा अवरोध गरिनु गलत भएको बताए ।
उक्त कार्यक्रममा एमालेका तर्फबाट सिद्धार्थनगरमा मेयरका प्रत्यासी हरि प्रसाद अधिकारीले आर्थिक सम्पन्नता विना मुलुक समृद्ध नहुने तर्क गर्दै संसारका एक हौं भन्ने एमाले पाटिले मजदुर वर्गकोलागी सबैभन्दा पहिलो कदम उठाउने बताए । उनले भने ‘म तपाइहरुलाई विश्वास दिलाउन चाहन्छु की एमालेले सिद्धार्थनगरमा सबैभन्दा पहिले गरिब विपन्न र मजदुर वर्गको लागी काम गर्नेछ । त्यसकोलागी हामीले छुट्टै कोषको खडा गरेर मजदुरका छोराछोरीलाई निशुल्क पठनपाठन, आवश्यक क्रृण सहयोग तथा जनता आवस कार्यक्रम मार्फत एक परिवार एक घर सम्म योजना लिएर अगाडी बढेका छौं । ‘
सोही अवसरमा उपमेयर पदका उमेदवार उमा काफ्ले मजदुर वर्ग संसारकै शक्तिसाली वर्ग भएको इतिहांस सम्झिर्दैं महिला शसक्तीकरणकोलागी इ रिक्सा चालकको रुपमा महिलाहरु पनि लागेकोप्रति खुसी व्यक्त गरिन् । उनले सिद्धार्थनगरमा प्रहरी प्रशासनले विभिन्न बहानामा इ रिक्सा चालकलाई दुख दिने गरेको जनाउदैं त्यसलाई सहजीकरण गरेर गरेर खाने बातवरण बनाउन एमाले दिनरात अहोरात्र लाग्ने जनाइन् ।
सोही अवसरमा एमाले नेता भरत कुमार पोखरेलले एमालेले श्रमको सम्मान गर्ने पाटि भएको जनाउदैं सिद्धार्थनगरमा इ रिक्सा चलाउन दिनुपर्छ भनेर अभियान शुरु गर्ने एमाले नै भएको जनाए । उनले वातवरण मैत्री रिक्साको कारण भैरहवा शहर गुल्जार हुने बताए । एमाले नेता जिवलाल अर्यालले सिद्धार्थनगरमा एमालेको विजयी भएमा भैरहवालाई प्रदुषणमुक्त शहर बनाउने जनाउदैं त्यसको शुरुवात ई रिक्सा व्यवसायको बैज्ञानिक व्यवस्थापन भएको बताए । सोही अवसरमा एमाले सिनपा ३ का वडा अध्यक्ष पदका उमेदवार थानेश्वर पौडेलले एमाले मजदुर वर्गको हितमा काम गर्ने जनतको पाटि भएकोले मजदुरहरुको साथ र समर्थन पाएमा भैरहवामा बेरोजगारी दर न्यून भएर जाने पनि बताए ।














प्रतिक्रिया