५ कार्तिक २०८३, बिहिबार

संविधान नबनेसम्म प्रधानमन्त्री पद छाड्दिन: कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-baburam

काठमाडौ, २ कार्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संविधान नबनेसम्म आफूले प्रधानमन्त्री पद नत्याग्ने बताउनुभएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईसँग आइतबार भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले दलहरुबीच सहमति भई माघ ८ गते संबिधान जारी भए लगत्तै आफूले सरकार छाड्ने बताउनुभयो । तर, माघ ८ गते संबिधान जारी नहुने हो भने संबिधान नबनेसम्म सरकार नछाड्ने कोइरालाले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री निवास वालुवाटारमा पौने घण्टा भएको भेटवार्तामा संविधानका विवादित विषयमा समेत छलफल भएको थियो । भट्टराईले आफू नेतृत्वको समितिले २ दिने आवासीय वार्ताको आयोजना गर्न लागेकाले दलहरुबीचको वार्तामा सहभागी हुन कोइरालालाई आग्रह गर्नुभएको थियो ।

दलहरुबीच पटकपटक छलफल हुँदा पनि संविधानका विवादित बिषयमा सहमति जुट्न सकेको छैन । संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको बिषयमा दलहरुबीच बढी विवाद देखिएको छ । यसअघि नै एकदिन गोकर्ण रिसोर्टमा आवासीय वार्ता गरिसकेका दलहरुलाई सहमति जुटाउने प्रयासस्वरुप भट्टराई नेतृत्वको समितिले फेरि दुई दिन आवासीय वार्ता गर्ने तयारी गरेको छ ।