धनगढी, ६ असार । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा एमालेले कैलालीका विभिन्न तहमा चुनावी सभाको आयोजना गरेको छ । मंगलबार जिल्लाका भजनी, जोशीपुर, टीकापुर, लम्की चुहा नगरपालिका लगायतका स्थानीय तहमा बृहत चुनावीसभाको आयोजना गरिएको छ ।
सो चुनावी सभालाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलले सम्बोधन गरेका छन् । उपाध्यक्ष रावलले टिकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेलाई कुनै पनि शक्तिको हस्तक्षेप सैह्य नहुने बताए । उनले कुनै पनि बहानामा नेपाल र नेपालीमाथि हुने हस्तक्षेपका विरुद्ध एमाले डटेर सामना गर्न तयार रहेको बताए ।
उनले देश र जनताको पक्षमा लडीरहेको पार्टी नेकपा एमालेलेलाई पहिलो चरणको स्थानिय चुनावमा जनताले साथ दिएको बताउँदै दोस्रो चरणमा पनि साथ दिन आग्रह गरेका छन् ।
सभामा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सांसद गरिमा शाहले नेकपा एमाले सद्भाव बिगार्ने नभई जोड्ने पार्टी भएको बताइन् । उनले टीकापुर घटनाको सरकारी तहबाट निश्पक्ष छानविन हुनुपर्ने भन्दैै जो दोषी छ त्यसलाई कारवाहीको दायरामा ल्याउनु पर्ने र निर्दाेषले दुःख पाईरहेको छ भने त्यसलाई क्षतिपूर्ति सहित रिहाई गरिनु पर्ने बताईन् ।
कार्यक्रममा कैलाली जिल्ला ईन्चार्ज झपट रावलले अहिले चुनाव भनेको आफ्नो गाउँ ठाउँ बनाउने प्रतिनिधी छान्ने चुनाव भएकाले राम्रो प्रतिनिधिलाई भोट हाल्न आग्रह गरेका छन् ।
नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष दिर्घ सोडारीले टीकापुरको विकासका लागि एमालेलाई जिताउन आग्रह गरे ।
कार्यक्रमा टीकापुर नगरपालिकाका मेयर पदका उमेदवार तपेन्द्र रावलले आफ्नो पार्टीले जितेको खण्डमा टीकापुर नगरपालिकामा नेपाली र थारु दुबै भाषलाई कामकाजको भाषा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जानकी गाउपालिकाका अध्यक्ष पदका उमेदवार जगतबहादुर चौधरीले नेकपा एमाले थारु विरोधी पार्टी पार्टी नभएको बताए ।
कार्यक्रममा गणेश विक, पूर्व मेयर रत्न प्रसाद सञ्ज्याल, उपमेयर लालबहादुर चौधरी, , उपमेयर पदका उमेदवार कमला केसी, लगाएले पनि मन्तव्य राखेका थिए ।
निर्वाचान परिचलान कमिटीका संयोजक भैरव रावलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्षेत्रिय ईन्चार्ज प्रेम साउदले स्वागत गर्नु भएको थियो भने सञ्चालन सूर्यचन्द्र भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा गायक बद्रि पंगिनी र गायिका प्रिया भण्डारीले सई पनि एमाले मै पनि एमाले बोलको गितमा सहभागिहरुलाई नचाएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब २ सय ३० जना नेकपा एमालेमा प्रवेश गरेका थिए ।













प्रतिक्रिया