रौतहट, ६ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रौतहट जिल्लामा जनकारबाही गरेको छ ।
अनियमितता, सुराकी, गलत नैतिक आचरण लगायतका आरोप लगाएर नेकपाले जुटबेला फूलवारी– २ हिलेखोला निवासी मानध्वज सिंह खाइवालाई मंगलबार जनकारबाही गरेको नेकपा रौतहटले जनाएको छ ।
नेकपा रौतहटका जनसरकार प्रमुख रामलाल रायसहित स्पेसल फोर्सले खाइवालाई जनकारी गरेको पीडित पक्षको आरोप छ ।
नेकपाका एक नेताका अनुसार पूर्व सेक्रेटरी गोपाल जिम्बा, भरत माझीलगायतलाई झुठ्ठा मुद्दा लगाएर प्रहरी प्रशासनबाट कारबाही गराएको आरोपमा कारबाही गरिएको थियो ।
नेकपाले मानध्वज खाइबालाई लालभित्ते सामुदायिक बनको अध्यक्ष भएका बेला ३२ लाखको काठ र बनपैदावारमा हिनामिना गरेको आरोप पनि लगाएको छ ।
स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै आएको नेकपाले कानून विपरितका विभिन्न क्रियाकलाप गरेको स्थानीय प्रशासनको आरोप छ ।












प्रतिक्रिया