काठमाडौं, ६ असार । चुनाव बहिष्कारको घोषणा गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालले तराईमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णयमा कडा आपत्ति जनाएको छ ।
यही असार १४ हुने चुनावलाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरेका बेला राजपाका संयोजक महन्थ ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
‘सरकारले मधेशका नवलपरासीदेखि कञ्चनपुरसम्मको मधेश–थरुहटका जिल्लाहरुलाई मधेशी र थारु बहुल इलाकाहरुमा अप्रत्याशित रुपमा सेना, जनपद र सशस्त्रका सुरक्षाकर्मीहरुको भारी मात्रामा परिचालन गरेर मधेश र थरुहटका यी जिल्लाहरुलाई व्यारेकको रुपमा परिणत गरेको छ । यसवाट मधेश–थरुहटप्रति राज्यको मानसिकता र घोषित निर्वाचनको वास्तविकता छर्लङ्ग हुन्छ,’ विज्ञप्तिमा भनिएको छ– ‘राजपा नेपाल राज्य र सरकारको यस्तो गतिविधि प्रति कडा आपत्ति जनाउँदै स्वदेशी र विदेशी मानवाधिकारवादी संघसंस्था र निकायहरुको ध्यानाकर्षण गर्दछ ।’
राजपाले तराईमा सुरक्षाकर्मीको परिचालन बन्द गर्न माग समेत गरेको छ । ‘समानता र लोकतन्त्र प्रति आस्थावान जनताको शान्तिपूर्ण आन्दोलन विरुद्ध सुरक्षाकर्मीको अस्वभाविक तथा अनुचित परिचालन बन्द गर्न माँग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ राजपाको विज्ञप्तिः
















प्रतिक्रिया