४ कार्तिक २०८३, बुधबार

जडिबुटी खेतीतर्फ आकर्षण बढ्दै, वनस्पति कार्यालय सल्यानमा १० लाख विरुवाको माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ६ असार । औषधिय गुण भएका तथा अन्य विभिन्न महत्वपूर्ण वनस्पतिका विरुवा हरु उत्पादन गर्दै आएको जिल्ला बनस्पति कार्यलयमा यस वर्ष विभिन्न ठाउंबाट १० लाख विरुवाको माग भइरहेको कार्यालयले जनाएको हो ।

कार्यालयका हेड फिल्ड अधिकृत कृष्ण पुनले भने– ‘जिल्ला भित्र तथा वाहिरबाट गरेर लाखौं विरुवाको माग भइरहेको र यो वर्ष १० लाख भन्दा बढि विरुवा माग भइ आउने अनुमान गरेका छौं ।’ तर जिल्ला वनस्पति कार्यालयले भने मागे अनुसारको विरुवा किसान तथा विभिन्न कृषक समूहहरुलाइ उपलव्ध गराउन नसक्ने भएको छ । यो वर्ष झण्डै ३ लाख विरुवा मात्रै उत्पादन हुने भएकाले माग भए अनुसारको विरुवा उपलव्ध गराउन नसकिने पुनले जनाए ।

‘निजि कृषक, कृषक समूह, विभिन्न सामुदायीक वन समूहबाट विरुवाको माग तिब्र भएपनि डेढ दुइ लाख विरुवा मात्रै दिन सकिने अवस्था छ,’ हेड फिल्ड अधिकृत पुनले भने । कार्यालयमा सल्यानका विभिन्न स्थानका साथै रुकुम, रोल्पा, कैलाली, दैलेख लगाएतका जिल्लाबाट पनि विरुवाको माग आएको छ ।

कार्यालयले ३ स्थानमा नर्सरि स्थापना गरेर विरुवा उत्पादन गरिरहेको छ । मुलपानी वनस्पति उद्यान, सिमापाखा जडिबुटि नर्सरि सल्लेखोला र नमुना नर्सरि मुलपानीमा विभिन्न जडिबुटिका विरुवा उत्पादन गरिएको उनले जनाए । नर्सरिमा महत्वपूर्ण जडिबुटिहरु तेजपात, टिमुर, काउलो, रिठा, कुरिलो, हर्राे बर्राे, अमला, मालागिरि लगायतका विरुवा उत्पादन गरिएको छ ।

जडिबुटीहरु मानिसका आधारभुत आवश्यकता पूरा गर्न जति अपरिहार्य छन् पर्यावरणीय सन्तुलन कायम राख्न पनि त्यतिकै आवश्यक भएकाले पछिल्लो समय जटिबुटि खेतीतर्फ किसानहरुको प्रयास देखिन थालेको छ ।तर प्रकूतिको अमुल्य र निशुल्क उपहारको रुपमा प्राप्त जडिबुटी अहिले गाउँघरमा अत्यधिक रुपमा संकलन भईरहेको हुंदा यसतर्फ सबै सचेत हुनुपर्ने कार्यालयले जनाएको छ ।