झापा, ६ असार । पुर्व पश्चिम राजमार्गमा फलामे पुल हालिदिने दाताहरुलाई विर्तामोडमा सम्मान गरिएको छ । झापाको विर्तामोडस्थित अदुवा खोलामा फलामे पुल हालिदिने दाताहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
आज विर्तामोडमा विर्तामोड उद्योग बाणिज्य सघले आयोजना गरेको विशेष साधारण सभामा दाताहरु जयनारायण ढुड्गाना, डिल्ली प्रसाइलाई दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
उनीहरुले लाखौ मुल्य पर्नै फलामे पुल निर्माण गरेका थिए । पुल निर्माण सगै विर्तामोडका व्यस्त बजार मा बाटो काटन समेत धौ धौ पर्ने गरेको थियो ।
झापाका सभासद सुधिर सिवाकोटी, नरेश खरेल लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको आयोजकका महासचिव सुभास भट्टराइले जानकारी दिनु भएको छ ।












प्रतिक्रिया