३१ आश्विन २०८३, शनिबार

काँग्रेसकै नेतृत्वमा संविधान जारी हुन्छः अमरेशकुमार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amracekumar-singकाठमाडौँ, २ कार्तिक  । नेपाली काँग्रेसका सभासद डा. अमरेशकुमार सिंहले दलहरुवीच विवादित विषयहरुमा आगामि कात्तिक १५ गतेभित्रमै सहमति हुने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उहाँले  तिहार र छठकोबीच मा दलहरुले एकआपसमा छलफल गरेर समझदारी कायम गर्ने सहमति भईसकेको दावी समेत गर्नुभयो ।

‘प्रक्रियामा नै जाने भएपनि प्रश्नावलीमा सबै दलको एकै धारणा हुने छ,’ उहाँले भन्नुभयो ।

सिंहले माघ ८ गते संविधान जारी नभए नेपालमा संविधानसभाबाट फेरि संविधान नै जारी हुन नसक्नेसमेत ठोकुवा गर्नुभयो ।

उहाँले काँग्रेस संघीयता र धर्मनिरपेक्षताबाट पछि नहट्ने पनि स्पष्ट पर्नुभयो ।
आजसम्म काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै उहाँले अब पनि काँग्रेसकै नेतृत्वमा संविधान जारी हुने उहाँले दाबी गर्नुभयो ।

एमाओवादीका नेता खिमलाल देवकोटाले आठ प्रदेशमा सहमति बन्न सक्ने बताउनु भयो । त्यसका लागि कांग्रेस, एमाले र एमाओवादी लचिलो हुनुपर्ने उहाँको भनाई थियो ।

एमाले सभासद गणेशमान गुरुङले राज्य पुर्नसंरचनाको विषयमा नेपालीहरु सिकारु मात्र भएकोले अहिले थोरै प्रदेश बनाएर पछि आवश्यकता अनुसार बढाउँदै जान सकिने तर्क गर्दै उत्तर–दक्षिण संघियता भए आर्थिक रुपमा बलियो हुन सक्ने दाबी गर्नुभयो ।