पाँचथर, ६ असार । जिल्ला शिक्षा कार्यालय पाँचथरका कार्यरत करार सव इन्जिनियर मनोज कुमार यादव घुस लिदै गर्दा पक्राउ परेका छन् ।
एक लाख २५ हजार रुपैंयाँ घुससहित यादव मंगलबार रंगेहात समातिएका हुन् । कार्यालय खुलेपछि घुससहित यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात फेला पारेकोे हो ।
यादवले जिल्लाको साविक माङजाबुङ– १, मा रहेको सिद्ध सरस्वती माध्यमिक बिद्यालयको चार कोठे पक्कि भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुम मागेका थिए ।
वि.सं.२०७० सालदेखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले निर्माणमा ढिलाइ भएको थियो ।
इन्जिनियर यादवलाई अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रमेश बस्नेतले बताए ।













प्रतिक्रिया