२१ कार्तिक २०८३, शनिबार

बहिरा तथा सुस्त श्रवण बिद्यार्थीहरुलाई बिद्युतीय शैक्षिक सामग्री वितरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेसीशहर, ६ असार । सुन्दरबजार नगरपालिकाको भोटेओडारस्थित भक्ति नमुना माध्यामिक बिद्यालयमा अध्ययनरत बहिरा तथा सुस्त श्रवण बिद्यार्थीहरुलाई बिद्युतीय शैक्षिक सामाग्री वितरण गरिएको छ । युवाहरुको समुह म्याड ग्रुप (मेक अ डिफरेन्स) काठामन्डौले शैक्षिक सामाग्री वितरण गरेको हो ।

एक लाख रुपियाँ बराबरको कम्युटर, प्रिन्टर, ल्यापटप, प्रोजेक्टरलगायतका सामाग्री वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र र म्याड ग्रुपका अध्यक्ष विशाल जोशीले संयुक्त रुपमा विद्यार्थीहरुलाई सामाग्री वितरण गर्नुभएको थियो ।

सडकमा पानीपुरी बेच्ने, कहिले चटपट बनाएर बेच्ने त कहिले चिया बेचेर आम्दानी भएको रकमबाट सहयोग गरेको म्याड ग्रुपका सचिब करण न्यौपानेले बताउनभुयो । यहाँका बहिरा तथा सुस्तश्रवण बालबालिकाकालागि सञ्चालित विशेष कक्षाको दयनिय अबस्था देखेर सहयोग रकम जुटाएर सामाग्री हस्तान्तरण गरिएको सचिव न्यौपानेले बताउनुभयो ।

शैक्षिक सामाग्री हस्तान्तरणपछि मेयर मिश्रले यूवाहरुको कामको सरहना गर्नुभयो । उहाँले यस्तो सत्कर्मले अन्य युवाहरुलाई पनि सही दिशानिर्देश गर्ने बताउनुभयो ।

सुन्दरबजार नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णकान्त अधिकारी,वडा नम्बर ९ का वडा अध्यक्ष मोतीप्रसाद गुरुङ, जिल्ला शिक्षा कार्यलयका स्रोत ब्यक्ति यज्ञ प्रसाद घिमिरे, भक्ति नमुना बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष किर्तीनाथ सापकोटा, प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठ लगायतले शैक्षिक समाग्री सहयोग गरेकोमा म्याड ग्रुपको प्रशंसा गर्नुभयो ।

भक्ति नुमनाको बिशेष कक्षामा हाल ३२ जना बहिरा तथा सुस्त श्रवण बिद्यार्थी अध्ययनरत छन् । लमजुङ, तनहुँ, गोर्खा, कास्की दैलेखका बिद्यार्थीहरु अध्ययनरत रहेको स्रोत शिक्षक प्रेमनिधि सापकोटाले बताउनभयो ।