३१ आश्विन २०८३, शनिबार

रक्सी पिएर युवती जिस्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २ कार्तिक । काभ्रेपलाञ्चोकमा मादक पदार्थ सेवन गरी युवती जिस्काउने एकजनालाई केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा लगाइएको छ ।

पीडित युवतीले दिएको उजुरीका आधारमा जिल्लाको कार्तिकेदेउराली गाविस वडा नं ८ बस्ने ३२ वर्षीय झम्कप्रसाद गौतमलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निमा मगरले जानकारी दिए ।

पक्राउ परेका गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

जिल्लाको मादनकुडारी गाविस वडा नं ९ स्थित आफ्नै घरमा बसिरहेककी युवतीलाई मादकपदार्थ सेवन गरी पानी खाने निहुँमा गौतमले अभद्र व्यवहार गरेका थिए । रासस