गुल्मी, ६ असार । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एमाले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लीराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मेयर पदका उम्मेद्वार पदमवहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेद्वार निर्मला पाण्डेयद्वारा उम्मदवारी फिर्ता लिएका हुन ।
दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिदै एमालेको तर्फबाट मेयरपदका उम्मेदवार भुसाललाई समर्थन गर्ने जनाएका छन् । उनीहरुले नगरका उपप्रमुख र वडाहरुमा भने आफ्ना उम्मेदवारहरुले चुनावमा भाग लिने जनाएका छन् । नगर दुई पार्टीका उम्मेदवारले समर्थनले भुसाललाई जित्नको लागि सजिलो बन्ने आकलन रहेको छ ।
नगरमा कांग्रेसको बलियो मत रहेता पनि पछी थपिएका गाविसहरु र उक्त दुई उम्मेदवारको समर्थनले गर्दा भुसाललाई जित्न अझ सजिलो भएको एमाले गुल्मीले जनाएको छ । नगरमा राप्रपाको करिब ५ सय भन्दा बढी मत रहेका छन् भने नयाँ शक्ति पार्टी नेपालका करिब ३ सय ५० भन्दाबढी मत रहेको पार्टीले जनाएको छ ।
भुसालले नगरमा आफुले जिते कुनै पनि सरकारी सुबिधा नलिने बताएका छन् । उनले धार्मिक क्षेत्र रेसुङ्गा क्षेत्रको बिकास रेसुङ्गा विमान स्थललाई समयमै सम्पन्न गरि सेवा बिस्तार गर्ने योजना अगाडी सारेका छन् । अर्जुनडाडालाई पर्यटकिय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने महत्वकांंक्षी योजनाहरु राखेका छन् । भुसालले बृद्धा भत्ता बढाएर घरमै पुर्याउने भुमिहिनलाई लापुर्जा दिने योजना ल्याएका छन् ।
उनले नगरका घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रथामिकतामा राखेका छन् । नगरमा कांग्रेसबाट मेयर पदमा भुनव प्रसाद श्रेष्ठ र भुसाल बिच कडा प्रतिपर्धा हुँदै छ । यो नगर बिगत देखि कांग्रेसले आफ्नो पकेट क्षेत्र हरेको छ । बिगतका स्थानिय निर्वाचनमा कांग्रेसले जित्दै आएको थियो ।













प्रतिक्रिया