२१ कार्तिक २०८३, शनिबार

देउवाका सहपाठी नै काँग्रेसबाट बागी उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ६ असार । आफ्नै सहपाठीले बागी उम्मेदवारी दिएपछि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाका लागि टाउको दुखाईको विषय बनेको छ ।

पार्टीले मेयरमा टिकट नदिएपछि काँग्रेसका नेता सुरेन्द्र विष्ट अछामको कमलबजार नगरपालिकाको मेयरमा बागी उम्मेदवार बनेका हुन् । विष्ट विद्यार्थी राजनीतिकालमा देउवाका सहपाठी मानिन्छन् । देउवा नेविसंघको केन्द्रीय सभापति हुँदा उनी केन्द्रीय सदस्य थिए । देउवाको अत्यन्तै निकटमा रहेर काम गरे पनि मेयरमा समेत पार्टीले नपत्याएपछि आफूले बागी उम्मेदवारी दिएको उनले बताए । विष्टले मेयरका टिकटका लागि लामो समय पहल गरेका थिए । उम्मेदवारी फिर्ता लिन पार्टी सभापति देउवा र देउवा निकट नेताहरुले दबाब दिए पनि विष्टले अस्वीकार गरेको बताइएको छ । कमलबजार नगरपालिकामा काँग्रेसबाट ओमप्रकाश विष्ट र उपमेयरमा भूमिशरण ढकाल (बजगाईं)ले आधिकारिक रुपमा टिकट पाएका छन् ।

यसैगरी, एमालेबाट मेयरमा दीपकप्रकाश अधिकारी र उपमेयरमा माना अधिकारीले उम्मेदवारी दिएका छन ।