१ कार्तिक २०८३, आइतबार

कन्फेडेरेसन कपमा जर्मनीको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ असार । जर्मनीले रसियामा भइरहेको कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ ।

नेपाली समयअनुसार आइतबार राति भएको समूह बी को प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अष्ट्रेलियालाई ३–२ ले पराजित गरेको हो।

फिस्ट ओलम्पिक स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै लार्स स्टिनडलले पाँचौ मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

४१औं मिनेटमा टम रोजिकले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अन्त्यतिर युलियन ड्राक्सलरले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको तेस्रो मिनेटमै लियोन गोरेज्काले गोल गरेपछि जर्मनीले ३–१ को अग्रता बनायो । त्यसको दश मिनेटपछि अष्ट्रेलियाका टोमी जुरिचले गोल फर्काउँदै गोल अन्तर ३–२ मा झारे ।

त्यसपछि खेलमा कुनै गोल भएन र जर्मनीले ३–२ को जित हात पार्दै ३ अंक जोड्यो । – एजेन्सी